
Apr 14 2025 | २०८२, वैशाख १ गते
सिमकोट । नेकपा एमालेका अध्यक्ष ओली हुम्ला पुगेको छन्। उनी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् ।
नेपालगञ्जबाट सिम्रिक एयरको हेलिकप्टरबाट अध्यक्ष ओलीसहितको टोली सिमकोट पुगेको हो । लिमीबाट हेलिकप्टरमा लाप्चाजाने र नेपाली भूमिबाटै कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाका अध्यक्ष कलबहादुुर हमालले बताए ।
लिमीबाट सिमकोट फिर्ता भएपछि सिमकोटमा हुने चुनावी सभालाई सम्बोधन गर्ने छन् । त्यसपछि ओली दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगर जाने छन् । त्यहाँ पनि चुनावी सभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । ओली आएपछि हुम्लाको सुरक्षाव्यवस्था कडा पारिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij