
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरका प्रमुख तथा उपप्रमुख पदका प्रत्याशीहरूले प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
ललितपुर बखुण्डोलस्थित पार्टी मुख्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख पदका प्रत्याशी समीक्षा बाँस्कोटा र नगर उपप्रमुख पदका प्रत्यासी कीर्ति तुलाधरले चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरे।
प्रतिज्ञापत्रमा मुख्य गरी भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनस्र्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका विषयमा व्यापक विकास र तथा सुधार गर्ने प्रतिबद्धता गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij