
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । देशभर आज पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले बिहान पहाडी भूभागमा आंशिक बदली रहि दिउँसो पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोे छ ।
शुक्रबार राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । भने भोलि शनिबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij