Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर महानगरको मेयरमा कांग्रेसको ७ जना सिफारिस

ललितपुर महानगरको मेयरमा कांग्रेसको ७ जना सिफारिस

  • काठमाडौं । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो।

    onlinepatrika
    Arghakhachi

    महानगरको मेयरको लागि महानगरले ७ जनाको नाम प्रदेशमा पठाएको छ । उक्त नाम प्रदेशले केन्द्रमा पठाउनेछ। कांग्रेस विधानअनुसार महानगरको उम्मेदवार केन्द्रीय संसदीय समितिले तय गर्ने व्यवस्था छ। ललितपुर महानगरमा चिरीबाबुले फेरि एक कार्यकाल दोहोर्‍याउने इच्छा देखाएका छन्। उनी सभापति शेरबहादुर देउवानिकट छन्।

    AGNI GROUP

    ललितपुर नगर समितिले उपमेयरका लागि भने नाम सिफारिस गरेको छैन। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट