Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नयाँ वर्षको शुभकामना दिँदै आगामी निर्वाचनमा विभाजित भएर जाने छुट कसैलाई नभएको बताएका छन् । उनले आज नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।
‘नयाँ वर्षसँगै देश चुनावी माहौलले तात्नेछ। यो वर्षभरि नै हामीलाई विश्राम गर्ने समय हुने छैन,’ नयाँ वर्षमा शुभकामना दिँदै कोइरालाले भने, ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट छैन। हाम्रा विरोधी बलिया छन्, संगठित पनि।’
उनले एक भएर चुनावमा जानुपर्ने बताए। मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएको पनि उनले उल्लेख गरेका छन्। पार्टीभित्र भएका अन्याय र काखा तथा पाखाबारे गरिने प्रवृत्तिविरूद्ध संघर्ष गर्दै उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने कोइरालाले बताएका छन्।
निर्वाचनका बेला र अघिपछि पनि जनताका घरआँगनमा आफू आउने उनले प्रतिवद्धता जनाएका छन्।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij