
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । एमएडब्ल्यू अर्थमुभर्स दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर घोषणा भएको छ । एमएडब्ल्यू अर्थमुभर्स कन्सट्रक्सन तथा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता हो । जेसीबी इन्डियाले आफ्नो डिलर्स मिटमा एमएडब्ल्यू अर्थमुभर्सलाई सर्वोत्कृष्ट दक्षिण एसिया डिलर–२०२१ बाट सम्मान गरेको हो ।
जेसीबी यूकेका निर्देशक जर्ज वामफोर्ड, ग्रुप सीईओ ग्राहम म्याकडोनाल्ड र जेसीबी इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकारी दीपक शेट्टीले एमएडब्ल्यु अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवाललाई संयुक्तरूपमा सर्वोत्कृष्ट डिलरको अवार्ड हस्तान्तरण गरे ।
एमएडब्ल्यू अर्थमुभर्सका अध्यक्ष अग्रवालले जेसीबीका ग्राहक, कर्मचारी र सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै उनीहरूकै साथ र सहयोगमा एमएडब्ल्यु दक्षिण एसियाकै सर्वोत्कृष्ट जेसीबी डिलर बन्न सफल भएको बताए । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij