
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज सातको दोस्रो दिन सोमबार शेयर बजार नेप्से परिसूचक ४४ दशमलव ६४ अंकले घटेर २,४१९ दशमलव ७१ को विन्दुमा कायम भएको छ । आज १७ वटा कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १७६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २३३ वटा कम्पनीको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, निफ्राको ७ करोड द्द१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij