Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट

  • काठमाडौँ । बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरिएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । 

    images
    images
    images

    यसमा मागभन्दा १५.७६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन् । 

    जसमा १ लाख ६६ हजार ३४५.३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ । बलेफीले चैत १६ गतेबाट २१ गतेसम्म सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो । 

    कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij