Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

विद्यार्थी नेता चौहान मन्थली–१३ को सर्वसम्मत अध्यक्षको उम्मेदवार

विद्यार्थी नेता चौहान मन्थली–१३ को सर्वसम्मत अध्यक्षको उम्मेदवार

  • रामेछाप । अखिल (क्रान्तिकारी)  रामेछापको नेता सन्तोष चौहानलाई मन्थली नगरपालिका वडा नम्बर-१३ फुलासीको वडा अध्यक्षमा सर्वसम्मत उम्मेदवार चयन भएका छन् । माओवादी केन्द्र मन्थली नगर समितिको सदस्य समेत रहेका चौहानलाई पार्टी वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

    images
    images
    images

    रामेछापमा राम्रो छवी र कृयासिल युवा नेताको छवी बनाएका चोहानले पछिल्लो समय गाउँमा समाजिक काम र विकास निर्माणमा पनि सक्रिय छन्। चौहानको पहलमा  फुलासीमा स्वास्थ्य शिक्षा लगायतका समाजिक क्षेत्रमा धेरै कामहरु भएका छन् । 

    गाउँ ठाउँमा आपत्त र विपत्तको समयमा चौहान सधै अगाडि रहन्छन् । स्वच्छ छवी भएको, प्रष्ट वक्ता, बौद्धिक र सालिन स्वभाव भएका चौहान स्थानीयले रुचाउने व्यक्ति हुन्। उनी सबै उमेर समूहका मानिससँग राम्रो र सहयोगी व्यवहार गर्ने गर्दछन् । चौहान फुलासीको सबैभन्दा अब्बल र जनताले रुचाउने व्यक्ति हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij