
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
बिहीबार ९९ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आज ५ सय रुपैयाँले वृद्धि भई प्रति तोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदी तोलामा १० रुपैयाँले बृद्धि भई १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij