
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले देशमा उर्जा संकट अन्त्य गर्न निजि क्षेत्रको ठुलो भूमिका रहेको बताएका छन् । उनले बिहीबार ललितपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभाका उनले यस्तो बताएका हुन् ।
उनले अहिले देशमा उर्जा संकट नभएको र त्यो संकट अन्त्य गर्नको लागि निजि क्षेत्रले खेलेको भूमिका प्रति आभार व्यक्त गरेकी छन् । उनले अहिले देशमा निजि क्षेत्र र सरकार मिलेर थप उर्जाको उत्पादन र खपतलाई वृद्धि गर्न पनि पर्ने आवश्यक रहेको बताइन् ।
उनले व्यावसायीहरुलाई आफ्नो व्यापारको क्षेत्रमा विद्युत बढी प्रयोग गर्न र खपत बढाउन आग्रह गरेकी छन् । उनले उद्योग कल कारखानामा अन्य उर्जालाई विस्थापन गर्दै विद्युत उर्जाको खपतलाई बढाउन आग्रह गरेकी छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij