Jun 29 2026 | २०८३, असार १५ गते
काठमाडौँ । नेपाली बजारमा बुधबार सुन-चाँदीको मूल्यमा गिरावट आएको छ। मंगलबार तोलामा १ रुपैयाँले बढेको सुन आज ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार तोकिएको छ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी ५ रुपैयाँले घटेर तोलाको १३३५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij