Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेप्सेमा ४६ अंकको ओरालो 

नेप्सेमा ४६ अंकको ओरालो 

  • काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४६ दशमलव ४६ अंकले घटेर २,४५२ दशमलव ०६ को विन्दुमा कायम भएको छ । जसमा १० वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यो साता आइतबारदेखि घटेको बजार आज तेस्रो दिन पनि घटेको हो । आज होटल्स एण्ड टुरिजम बाहेक सबै उपसूचक घटेका छन् ।

    images
    images
    images

    आज दिनभरिमा २२८ वटठा कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टीलरीको कारोबार भएको छ । कम्पनीको ९ करोड ६७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

    आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । युनिलिभर नेपालका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij