
Apr 18 2025 | २०८२, वैशाख ५ गते
रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ७ रजयछापमा भएको आगलागी पीडितलाई रामेछापको संघीय सांसद श्याम कुमार श्रेष्ठको पहलाकमा राहत हस्तान्तरण गरिएको छ । सांसद श्रेष्ठको पहलमा द सालभेसन मिसनले आगलागीबाट क्षति भएका ११ घर धुरीलाई राहत स्वरुप सहयोग सामाग्री वितरण गरेको हो ।
जसमा जस्ता प्रत्येक घर परिवालाई ९ फिटे हुलासको जस्ता २० पाता, ३०० लिटरको ड्रम र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । गत १२ गते रजयछापमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो ।
राहत हस्तान्तरण गर्दै सांसद श्याम कुमार श्रेष्ठले यस्ता प्रकृतिक विपत्तिको घटना मानिसहरुको चाहान नभएपनि आउने भन्दै यसबाट हामीले बच्न प्रयास गर्नु पर्ने बताए । राहत हस्तान्तरण गर्दै सांसद श्रेष्ठले माओवादी केन्द्र समस्यामा परेका जनताको साथमा रहेका बताउँदै राज्यबाट हुने सहयोगमा आफूले पहल गर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij