
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ। नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो।
दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकाको मद्दतमा ५४ रन जोडे। यस्तै करण केसीले व्याटिङ गर्दै १२ बलमा ३३ रन बनाउँदा आशिफ शेखले २९, कुशल भुर्तेलले २५, र मोहम्मद आदिल आलमले १५ रन जोडे।
बलिङतर्फ पीएनजीका सेमो कामियाले तीन तथा चाड सोपर, कबुआ मोरेअ र रिले हेकुरेले एक–एक विकेट लिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij