
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
हिजो आइतबार तोलामा ९९ हजार ३ सय रुपैयाँले कारोबार भएको छापावाला सुन एकैदिन ६ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij