
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । एउटा भारतीय कम्पनी टीबीईएलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने पाँचवटा नेपाली कम्पनीलाई एकरएक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाडौँ रहेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आवद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।
ती कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने अनुगमन कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij