Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

सहकारी संघ ललितपुरको अध्यक्षमा गोर्खाली 

सहकारी संघ ललितपुरको अध्यक्षमा गोर्खाली 

  • ललितपुर । जिल्ला सहकारी संघ ललितपुरको अध्यक्षमा विश्वश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका केदार गोर्खाली निर्वाचित भएका छन् । 

    images
    images
    images

    आइतबार भएको संघको ३० औँ वार्षिक साधारणमार्फत अध्यक्षमा गोर्खालीसहित उपाध्यक्ष रामशरण बस्नेत, महिला उपाध्यक्ष शशी खड्का, सचिव अनिलवीर बज्राचार्य, कोषाध्यक्ष रूपेश तिमल्सिना विजयी भएका हुन् । यस्तै, महिला सदस्यहरु सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिंह तथा शर्मिला तिमल्सिना विजयी भए भने जिल्ला दुग्ध संघका पुरुषोत्तम बजगाईँ निर्विरोध रुपमा निर्वाचित भएका थिए ।

    सो निर्वाचनमा संघमा आवद्ध मध्ये ४१९ मत खसेको थियो । निर्वाचनले संचालक समिति (संघ) तर्फ पुरुषोत्तम बजगाईँ, खुला सञ्चालक समितितर्फ नवराज विष्ट, शम्भुप्रसाद पौडेल, रामभक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन निर्वार्चित भएका छन् । 

    लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जनलाई निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij