Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

आज नेप्सेमा ३० अंकको ओरालो 

आज नेप्सेमा ३० अंकको ओरालो 

  • काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३०.८९ अंकले घटेर २,५१३.४१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

    images
    images
    images

    दिनभरिमा २२५ वटा कम्पनीको ३२ करोड ५३ लाख ८१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरैँ सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ७ सय रुपैयाँ रहेको छ ।

    सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यसैगरी आज सबैभन्दा धेरैँ राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij