
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी आज तेजावी सुन प्रतितोला ९८ हजार ८ रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij