Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

रिभर फल्सको आइपीओ चैत २७ गतेदेखि निष्काशन

रिभर फल्सको आइपीओ चैत २७ गतेदेखि निष्काशन

  • काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आइपीओ बिक्री गर्न लागेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर१ सय रुपैयाँअंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

    images
    images
    images

    स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त बिक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत) निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

    उक्त आइपीओमा छिटोमा वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा वैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।

    कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij