
Apr 16 2025 | २०८२, वैशाख ३ गते
ललितपुर । ललितपुरको चापागाउँमा गोदावरी कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०७८ आयोजना हुने भएको छ । यही चैत्र २५ गतेदेखि वैशाख ४ गतेसम्म चापागाउँ टाहाखेलस्थित रंगशालामा महोत्सवको आयोजना गर्ने औपचारिक घोषणा गरिएको हो । मेलामा प्रवेशका लागि ४० रुपैया शुल्क निर्धारण गरिएको छ भने बृद्धहरुलाई निःशुल्क प्रवेश गराइने छ ।
कार्यक्रममा बोल्दै मेलाका आयोजक गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले स्थानीय कला, संस्कृतिको संरक्षणका लागि मेला आयोजना गर्न लागिएको बताए । उनले भने, ‘ यो मेलाको उद्देश्य स्थानीय कला, पर्यटन प्रवद्र्धन र कृषि क्षेत्रको उत्थानका लागि हो ।’ गोदावरी उद्योग वाणिज्य संघका अध्यक्ष जगन्नाथ महर्जनले महिला उद्यमीहरुका लागि निशुल्क स्टल दिइने बताए ।
कार्यक्रमको संयोजन राष्ट्रिय संगीतकर्मी संघले गरेको छ भने गोदावरी उद्योग बाणिज्य संघ सहआयोजक रहेको छ । मेलामा लाखे नाच, खैजडी भजन, बाँसुरी, धिमेबाजा र झाँकी समेत देखाउने योजना रहेको कार्यक्रमका संयोजक सुवास महतले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij