
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज बिहीबार नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २,५४४ दशमलव ३० को विन्दुमा कायम भएको छ । सोही अवधिमा २८ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २२८ वटा कम्पनीको ३७ करोड ८७ लाख ०४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १२ सय २४ रुपैयाँ रहेको छ ।
त्यस्तै, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नागरिक लगानी कोषको ७ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज इमर्जिङ नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतका दरले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ७ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij