
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालमा समाजिक सञ्जालमा भएको जस्तो अर्थाक संकट तिर नगएको बताएका छन् । उनले आज काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएको हो ।
अहिले समाजिक सञ्जालमा नेपाल अर्थतन्त्र श्रीलंकाको बाटोमा गएको भन्ने हल्ला साँचो नभएको प्रचण्डले बताए । तर, नेपालमा आर्थिक संकट आउने र आर्थिक संकट आउन नदिन के गर्न सकिन्छ भन्ने विषयमा आफूले अर्थशास्त्रीहरुसँग छलफल गरिरहेको जनाकारी दिए ।
प्रचण्ड यस विषयमा प्रधानमन्त्रीसँग उद्योग, व्यापारमा आएको समस्याको विषय वृहत छलफल गरेर समाधान तिर जाने बताए । उनले सबै विषयको वृहत समिक्षा गरेर अघिबढ्न सरकार पनि तयार रहेको बताए । अहिले नेपालको अर्थतन्त्र गम्भीर नभएको छिट्टै समिक्षा नगरे समस्या हुने प्रचण्डले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij