
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । सातको दोस्रो कारोबार दिन सोमबार आज नेप्से दोहोरो अङ्कले घटेको छ । आइतबार ४१ अङ्कले घटेको नेप्से आज सोमबार २९.९८ अङ्कले घट्दै २५४२.२८ बिन्दुमा कायम हुँदा कारोबार रकम भने २ अर्ब ५४ करोड रुपैयाँको भएको छ ।
यस अवधिमा हातमा नगद भएका लगानीकर्ताले थोरै थोरै गरेर शेयर उठाइरहेका छन् । आइतबार जीवन र निर्जीवन बीमाको सूचकमा सुधार देखिए पनि आज भने सबै कम्पनीको शेयर मूल्य घटेको छ । सोमबार २१ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ भने १६७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । सर्वाधिक धेरै राष्ट्र उत्थान र इमर्जीङ पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजैदेखि कारोबार सुरु भएको नेष्डो लघुवित्तको शेयर मूल्य ६.१० प्रतिशतले बढेर ७९३ रुपैयाँमा कारोबार भएको छ । सर्वाधिक धेरै जीवन विकास लघुवित्तको शेयर २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij