Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपालद्वारा पिएनजीलाई १८४ रनको लक्ष्य

नेपालद्वारा पिएनजीलाई १८४ रनको लक्ष्य

  • काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाले पपुवा न्युगिनी (पिएनजी) समक्ष  १८४  रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनायो ।

    images
    images
    images

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रनको योगदान दिए । ११।३ ओभरमा अली नाओले सिमोन अटाइबाट क्याच गराउनुअघि उनले ३५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।

    रोहितकुमार पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए । दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेका थिए । 

    ​पिएनजीका लागि चार्ल्स अमिनी, अली नाओ र चाड सोपरले दुईरदुई तथा रिले हेकुरे र नोर्मन भानुआ एकरएक विकेट हात पार्दा एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij