
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा ट्रक दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । घाइते भएका ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवकलाई उपचारका लागी कोहलपुरस्थित मेडिकल कलेज अस्पताल पठाइएको छ ।
लु २ ख ८७३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको थियो । मृतक र घाइते मध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij