
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
बैंकले भोलि मंगलवारदेखि जारी हुने उक्त ट्रेजरी बिलका लागि आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब र ९१ दिनको लागि ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij