Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

नेष्डोको आइपीओ नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेन्ज

नेष्डोको आइपीओ नेप्सेमा सूचीकृत, यस्तो छ ओपनिङ रेन्ज

  • काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तको साधारण सेयर (आइपीओ) नेप्सेमा सूचीकरण भएको छ । नेप्सेका अनुसार सो आइपीओको सोमबारबाट कारोबार हुनेछ । यसको ओपनिङ रेन्ज (पहिलो कारोबार) न्यूनतम २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसाभित्र रहेर हुनेछ । 

    images
    images
    images

    एनइएसडीओ संकेतमा यसको कारोबार खुला हुनेछ । नेष्डोको चुक्ता पुँजीका आधारमा कायम कुल २५ लाख ५० हजार कित्ता सेयर सूचीकरण गरिएको हो । नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको थियो । 

    यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij