Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी

  • काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।विदेशमन्त्री यी विशेष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरेका छन् । 

    images
    images
    images

    परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरे । विदेशमन्त्री वाङले भेटका क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि छुट्टाछुट्टै भेटे । 

    तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले शनिबार दिउँसो पराराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए। सोही क्रममा नेपाल–चीनबीच विभिन्न ९  बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट डा.नारायण खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले  द्विपक्षीय बैठकको नेतृत्व गरेका थिए।

    शनिबारै विदेशमन्त्री वाङले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए । छलफलका क्रममा वाङले प्रधानमन्त्री देउवासँग नेपालको आन्तरिक र बाह्य सुरक्षा अवस्थाका विषयमा चासो राखेका थिए।  प्रधानमन्त्री देउवाले विदेशमन्त्री वाङलाई नेपालमा चीनविरोधी गतिविधि हुन नदिन आश्वस्त पारेका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij