Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

ढाकाको राजधानी पाल्पा

ढाकाको राजधानी पाल्पा

  • काठमाडौं । ढाका उत्पादनले परिचित पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ । पाल्पाली ढाका संघद्वारा ढाकाको राजधानीका रूपमा पाल्पालाई घोषणा गरिएको हाे ।

    लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन् ।

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै मन्त्री घर्तीले महिलाको संलग्नता बढ्दो रहेकाले परनिर्भरता हट्ने बताईन् ।  धेरैलाई सजावटका सामग्रीदेखि पाल्पाली ढाका अहिले पर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत निर्माण हुन थालेको छ ।

    तानसेन नगर प्रमुख अशोककुमार शाहीले सीप र युकेएडसँगको सहकार्यमा नगरपालिकामार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी जिल्लालाई ढाकाको राजधानी घोषणा गर्न सफल भएको जानकारी दिए । सङ्घका अध्यक्ष पूर्णमाया महर्जनले ढाकाको व्यापारले ग्राहक र व्यापारी समस्यामा परेपछि जिल्लाको छुट्टै पहिचान बनाउन ब्राण्डिङ बनाएर बजारमा पठाउन थालिएको जानकारी दिइन् ।युके एड (सीप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको हो ।

    पूर्वबाट पश्चिमसम्मका तथा विभिन्न मुलुकबाट पनि सामान खरिद गर्न आउने गरेको उनको भनाइ छ । साडी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायतका गरी करिब ९० थरिका सामान उत्पादन गर्छिन् । 
    पाल्पा जिल्लामा करिब तीन दर्जनको हाराहारीमा ढाका कपडा व्यापारी छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुुसुमखोला, चिर्तुङ्धारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । यसैबाट महिलाको दरिलो आयस्रोत बनेको छ । सुरुमा परिवारले मात्रै धानेको व्यवसाय यसलाई बढाउँदै जादा विसं २०२० देखि कामदार राखेर अहिलेसम्म पनि निरन्तरता दिइरहेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij