
Apr 22 2025 | २०८२, वैशाख ९ गते
प्रहरी प्रधान कार्यालयले वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दारसहित ३,११६ जना प्रहरीको बढुवा गरेको छ । प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सिर्जना भएको वरिष्ठ नायब निरीक्षक, वरिष्ठ हवल्दार र सहायक हवल्दार बढुवामा सिफारिस गरेको हो ।
कार्यालयले १९१ जना नायब निरीक्षकलाई वरिष्ठ नायब निरीक्षकमा, ११७३ हवल्दारलाई वरिष्ठ हवल्दार र १७५२ जवानलाई सहायक हवल्दारमा बढुवा गरेको सूचना प्रकाशित गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij