
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको बताएका छन् । अर्थशास्त्री सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले नेपालको अर्थतन्त्र धेरै पहिलेदेखि उस्तै रहेको र नेपाल भन्दा कमजोर रहेका देशहरु धेरै माथि गइरहेको बताए ।
उनले नेपाली अर्थतन्त्रमा ४०÷५० वर्षदेखि उस्तै समस्या रहेको बताउँदै अर्थतन्त्रमा समस्या छन् भन्ने कुरा तथ्यांकहरुले देखाउँदा देखाउँदै पनि समाधान हुन नसकेको बताए ।
उनले भने धेरै पहिलेदेखिको तथ्यांक हेर्दा तथ्यांकले समस्या देखाउँछ तर समाधान नदेखाएको बताउँदै उनले भने, ‘तथ्यांकले ह्वाट भन्ने हो, हाउ र ह्वाई भन्ने कुरा देखाउँदैन, तथ्यांक हेरेर समस्या छ भनेर मात्रै बस्नु भएन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij