
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौँ । आज बिहीबार शेयर बजारमा १६ अंकको ओरालो लागेको छ । प्रि ओपन सेसनमा सामान्य अंकले बढेको नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २,६१३ दशमलव ६७ को विन्दुमा कायम भएको हो ।
आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।
आज दिनभरिमा २२४ वटा कम्पनीको ५२ करोड ९८ लाख ५४३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तको शेयर कारोबार भएको छ । आज कम्पनीको ३० करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
नेपाल टेलिकमको २३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ११ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij