Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

कर्मचारीको हितमा सरकासंघीय निजामती सेवा ऐन ल्याउने : मन्त्री बडू

कर्मचारीको हितमा सरकासंघीय निजामती सेवा ऐन ल्याउने : मन्त्री बडू

  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकारले कर्मचारीको हित हुने गरी संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । 

    नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बुधबार भएको छलफलमा मन्त्री बडूले कर्मचारीको हितमा ऐन बनाउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेकोले सोहीअनुसार आवश्यक छलफल गरिने बताए ।  
    e.jpg
    बडूले कर्मचारीको हितविपरीत रहेका प्रावधान हटाउन राज्य व्यवस्था समितिमा आफूले धेरै छलफल गरेको र आफ्नो तर्फबाट लिखित रुपमै  ’नोट अफ डिसेन्ट’ समेत राखिएको बताए ।संगठनका अध्यक्ष लेखनाथ कोइरालाले अघिल्लो सरकारले कर्मचारीलाई हतोत्साहित हुने गरी बनाएको ऐनको मस्यौदालाई सुधारेर ऐन आउनेमा आफूहरु विश्वस्त रहेको बताए । उनले स्वचालित, चक्रिय र अनुमानयोग्य बढुवा कर्मचारीबीच गरिएको विभेदलगायतका विषयमा लिखत मागहरु पेश गर्दै कर्मचारीको हकहितका कुरा समेटेर ऐन ल्याउने वातावरण निर्माणका लागि मन्त्री बडूलाई आग्रह गरे ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij