Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एमालेमा करिश्मा 

एमालेमा करिश्मा 


  • काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

    images
    images
    images

    एमाले केन्द्रीय कार्यालय, काठमाडौंमा आज आयोजित ‘पार्टी प्रवेश कार्यक्रम’मा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराएका हुन् ।

    अभिनेत्री मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकी बताइन् । उनले आजबाट एमालेमा रहेर राजनीतिमा अगाडि बढ्ने अठोट गरेकी पनि बताइन् । 

    अभिनय क्षेत्रमा झण्डै तीन दशक काम गरेकी अभिनेत्री मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी थिइन् । डा.भट्टराईले जसपासँग एकीकरण गरेपछि उनी तटस्थ बसेकी थिइन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij