Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

७ खर्ब २२ अर्ब राजश्व संकलन 

७ खर्ब २२ अर्ब राजश्व संकलन 

  • काठमाडौँ । नेपाल सरकारले ७ खर्ब २२ अर्ब बराबरको राजश्व संकलन गरेको छ । फागुन मसान्तसम्ममा लक्ष्य भन्दा धेरै गरेको राजस्व संकलन गरेको अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन् । 

    images
    images
    images

    अर्थमन्त्री शर्माका अनुसार नेपाल सरकारले फागुन मसान्तसम्ममा ७ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले यही अवधिमा ७ खर्ब १९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो ।

    दैनिक बजेटरी प्रणाली अनुसार हिजो आइतबारसम्ममा नेपाल सरकारले राज्यव मात्रै ६ खर्ब ९५ अर्ब रुपैयाँ संकलन गरेको छ । जसमा कर मार्फत ६ अर्ब ३८ अर्ब, गैर करमार्फत ५७ अर्ब १५ करोड रुपैयाँ रहेको छ । त्यस्तै, अनुदान बापत १३ अर्ब ८८ करोड रुपैयाँ प्राप्त गरेको छ भने अन्य आम्दानी ३८ अर्ब रुपैयाँ रहेको छ ।

    सरकारले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ६० प्रतिशत पुरा गरेको छ । त्यस्तै खर्च भने नासिक अवस्थामा छ । लक्ष्य अनुसार अहिलेसम्म ४१.९१ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालु खर्च ५ अर्ब ४३ अर्ब रुपैयाँको गर्दा पूँजीगत खर्च ८० अर्ब ९३ करोड रुपैयाँ मात्रै छ । त्यस्तै, वित्तीय खर्च ५९ अर्ब ८७ करोड रुपैयाँ मात्रै भएको छ । सरकारले लक्ष्य अनुसार अहिलेसम्ममा ४१.९१ प्रतिशत मात्रै खर्च गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij