
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५.४ लञ्च गरेको छ । प्रयोगकर्ताहरूले आइओएस १५.४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको गुनासो गरेका छन् । ट्वीटरमा आइफोन प्रयोगकर्ताका गुनासाहरुको बाढी नै आएको छ ।
ट्वीटरमा प्रयोगकर्ताले गरेका गुनासा अनुसार आइओस १५.४ अपडेट पश्चात् आइफोनको ब्याट्री लाइफ अत्यन्तै कम भएको छ । ब्याट्रीको चार्ज १० मिनेटमै ५ प्रतिशतले घट्ने गरेको छ । एक आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताका अनुसार उनको आइफोनको ब्याट्री आधा दिनमै आधाजसो रित्तिने गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij