
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ सउ रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, चाँदीको भाउ स्थिर कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३७५ रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij