Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हुम्लमा पद जम्मै ‘फिक्स’

हुम्लमा पद जम्मै ‘फिक्स’


  • काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् । 
     
    नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)का अनुसार जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडा अध्यक्ष र सदस्यहरु चुनेका हुन् ।

    images
    images
    images

    उनका अनुसार वडा अध्यक्षमा नेपाली कांग्रेसका पाल्जोर तामाङ नै दोहोरिएका छन् भने सदस्यहरुमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएका हुन् ।

    अध्यक्ष विष्णुबहादुर तामाङ (लामा)ले अब औपचारिकता पूरा गर्नका लागि आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुने छ र उनीहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने जानकारि गराउँदै अब आगामी निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको लागि मात्र मतदान हुने बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij