
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काडमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले देशभक्तिको झण्डा उठाएको दाबिगरेका छन् । गोरखा सदरमुकाममा आज आयोजित पार्टीका जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको र विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका बताएका हुन् ।
उनले नेकपा एमालेको अब कुनै राजनीतिक भविष्य नभएकाले आफ्नो पार्टीलाई असल कम्युनिष्ट पार्टीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले अहिले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर देशभर चलिरहेको र आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको ओइरो नै लागेको बताए । उनले नक्कली सोच र विचारले केही नहुने अबको स्थानीय तहको चुनावले त्यसको फैसला बताउँदै उनले भने, ‘एकीकृत समाजवादी क्रान्तिकारी सोचका साथ अघि बढेको छ, समाजवाद, विकास र समृद्धिका निम्ति देशभक्तिको झण्डा उठाएका छौँ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij