
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा यतिबेला आइपीओ निष्कासन अनुमति माग्ने कम्पनीहरुको घुइँचो लागेको छ । बोर्डका अध्यक्षको नियुक्तिमा भएकाे ढिलाइका कारण लामो समयसम्म आइपीओ निष्कासन हुन नपाएपनि गत दुई महिनामा धमाधम आइपीओ निष्कासन भएका थिए । त्यसयता भने राेकिएकाे आइपीओ अब धमाधम निष्कासन हुने देखिन्छ ।
यतिबेला विभिन्न २७ कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन् । बोर्डका अनुसार हालसम्म २७ कम्पनीले ७ अर्ब ३० करोड ६९ लाख २९ हजार ९ सय रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति मागेका हुन् ।
यी सबै कम्पनीको आइपीओलाई बोर्डले अनुमति दिएमा बजारमा कुल ६ करोड ६३ लाख ४९ हजार २८९ कित्ता सेयर बजारमा थपिने देखिन्छ । आइपीओ निष्कासनको लागि अनुमति माग्ने २७ कम्पनी मध्ये २० जलविद्युत् कम्पनी रहेका छन् ।
यसबाहेक ३ लघुवित्त, २ इन्सुरेन्स कम्पनी अरु दुईमा मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्क रहेका छन् । हाल आइपीओतर्फ सर्बसाधारण आकर्षित भएपछि आइपीओ पर्न भाग्यको भर नै पर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij