
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नागरिक लगानी कोषले नयाँ बानेश्वरमा रहेको पुरानो भवनबाट नयाँ भनमा सार्ने तयारी गरेको छ । अहिले नयाँ बानेश्वरमै रहेको पुरानो भवनबाट प्रशासनिक काम गर्दै आएको कोषले आगामी कात्तिक महिना सम्ममा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूवमा रहेको नयाँ भवनमा समर्ने तयारी गरेको जनाइको छ ।
कोषका अनुसार अहिले पुरानो भवन रहेको ठाउँमा पनि पुराना भवनहरु भत्काएर नयाँ भवन बनाउनका लागि कोषले सहरी विकास तथा भवन सनर्माण विभागसँग सम्झौता गरिसकेको छ ।
भवन निर्माणको काम लगभग सकिएकाले कात्तिक महिनाभित्रै कार्यालय सार्ने तयारी रहेको कोषले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पूर्व ६ रोपनी जग्गामा बनाएको भवन करिब ९० करोड रुपैयाँ लागतमा तयार गरेको जनाएको छ ।
नयाँ भवनमा पार्किङसहित ७ तला रहेका छन् । यो भवनमा तत्कालै कोषका कार्यकारी निर्देशक र व्यवस्थापनका उच्च अधिकारीहरुको कार्यकक्ष हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij