Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘तरलताको समस्या समाधान नगरे अर्थतन्त्रमा ठूलो चुनौती’

‘तरलताको समस्या समाधान नगरे अर्थतन्त्रमा ठूलो चुनौती’


  • ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले मुलुकमा तरलताको समस्या गम्भीर रुपमा बढ्दै गएको जनाएका छन् । यसको समयमै समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता शुक्रबार सम्पन्न संघको ५५ औँ स्थापना दिवसको अवसरमा गोल्छाले नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रका राय र सुझावलाई सरकार समक्ष पु¥याउने काम गर्ने समेत बताएका छन् । उनले ३५ वर्षअघि यस क्षेत्रमा लाग्दा पनि अर्थतन्त्रमा हालको जस्तोे अत्यन्तै नाजुक अवस्था नरहेको र यसअघि कहिल्यै यस्तो समस्या नदेखेको तर्क गरे । 

    AGNI GROUP

    उनले भने, ‘अहिले मुलुकमा तरलताको समस्या गम्भीर रुपमा बढ्दै गइरहेको छ । यसको समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, यसमा सबैले गम्भीर भएर ध्यान दिन जरुरी छ ।’ अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला आएको महासंघका अध्यक्ष गोल्छाको भनाइ थियो । 

    सो कार्यक्रममा बोल्दै ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले वर्तमान अवस्थामा ललितपुरलाई आर्थिक रुपमा शसक्त बनाउनु संघको ध्येय रहेको वताए । लामो समयदेखि घाटा व्यहोर्दै आएको उद्योग व्यवसायको उत्पादनको गतिलाई बढवा दिनु आवश्यक रहेको कुरा जानकारी गराए । साथै ललितपुरमा सञ्चालित उद्योगहरूलाई फस्टाउनका लागि उत्प्रेरणात्मक नीति नियम निर्माण अत्यन्तै आवश्यक भइसकेको बताए । ललितपुर जिल्लामा उत्पादित हस्तकला तथा कृषिजन्य वस्तुको निर्यात गरि केही हदसम्म व्यापार घाटा कम गर्न सकिनेमा अध्यक्ष न्याछ्योंको जोड थियो । 

    यस्तै, उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्थमन्त्री शर्माले दुई वर्षदेखि कोरोना भाइरसका कारणले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताए । उनले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको पनि उल्लेख गरे । उनले बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको बताए । 

    यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विभिन्न समस्या सामना गरेर भएपनि महानगरमा ७५ ओटा पाटीपौवा निर्माण गरिसकेका बताएका छन् । नगरप्रमुख महर्जनले नेपाल सरकारको सहयोग बिना पनि ललितपुर महानगरले धेरै सामाजिक कार्यहरु गरेको दाबी गरे । महर्जनले भने, ‘हामीले धेरै काम गर्यौँ, त्यसमा पनि नेपाल सरकारसँग एक रूपैयाँ पनि नलिइकनै भिमसेन मन्दिर निर्माण गरेको छौँ साथै पर्यटनकालागि ई–बस सेवा सञ्चालन गर्ने योजना रहेको छ ।’ महर्जले अहिले ललितपुर महानगरको पाईप लाईनमा रहेको परियोजना लागू गरे ललितपुर महानगरको मुहार फेरिन सक्ने सम्भावना रहेको पनि जनाए ।

    यसैगरि, प्रतिनिधि सभाका सांसद् नवराज सिलवालले विभिन्न सम्भावना रहेको ललितपुरमा कला क्षेत्रमा पर्यटनलाई जोड्न सकिने बताए । साथै व्यावसायिकका समस्या समाधानका लागि व्यवसायीहरूले सरकारलाई खबरदारी गर्न सकिने बताए ।

    सो कार्यक्रममा धातु मुर्ति कला विधा लगायतमा महत्वपूर्ण योगदान पु¥याएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा ख्याति प्राप्त गरेका ललितपुर जिल्लाका व्यक्तित्व तथा स्रष्टा स्वर्गीय बरिष्ठ कलाकार राजकुमार शाक्यलाई सम्मान गरिएको थियो । त्यस्तै नेपाली संस्कृतिको विकास एवम् प्रवद्र्धनमा देश तथा विदेशमा समेत महत्वपूर्ण योगदान पु¥याएका सांस्कृतिक शिरोमणि श्री हरिराम जोशीलाई विशेष सम्मान गरिएको थियो ।

    यसैगरी सो कार्यक्रममा ललितपुर उद्योग बाणिज्य संघमा २५ वर्ष निरन्तर सदस्यता कायम रहेका सदस्यहरूलाई सम्मान गरिएको थियो । सो सम्मान पाउनेहरुमा सलेज रेष्टुरेन्ट एण्ड बारका मनिराज राजकर्णिकार, मछिन्द्र फर्म एण्ड इलेक्ट्रोनिक्सका बिमल बहादुर कायस्थ, सुनिल कोल्ड स्टोरका सुनिल शाक्य, कृष्ण टेन्ट हाउसका श्रीकृष्ण तण्डुकार, पाटन प्लाष्टिक सप्लायर्सका रामेश्वर श्रेष्ठ, पि एस टेड्रर्सका दिलिप कुमार श्रेष्ठ, नेपाल होम एप्लाईन्सका लोकरत्न बज्राचार्य, शिल्वर प्यालेसका प्रदिपमान शाक्य रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij