
Apr 23 2025 | २०८२, वैशाख १० गते
ललितपुर । लामो समयदेखि पटकपटक सूचना जारी गरि साधारणसभा नगर्ने ललितपुरका ९१ सहकारीलाई कार्वाही गरिने भएको छ । संघको नियम अनुसार साधारण सभालगायका प्रक्रिया पुरा नगर्ने सहकारीलाई कार्वाही तथा खारेजी प्रक्रिया अगाडी बढाउने उधोग तथा सहकारी शाखा ललितपुरका प्रमुख देव गुरागाईँले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्षको पुससम्म आउनेलाई एक हजार रुपैयाँ जरिवाना लगाइने व्यवस्था छ भने चैत महिनासम्म आउनेलाई २५ सय रुपौयाँ जरिवाना लगाइने व्यवस्था छ । यी दुवै समयमा समेत सम्पर्कमा नआउने तथा प्रक्रिया नपुर्याउने सहकारीलाई खारेजी प्रक्रियामा लैजाने योजना छ । उनले भने,‘चैत्र अन्तिमसम्म पनि साधारण सभा नगर्नेलाई हामी खारेजी प्रक्रिया सुरु गर्दछौँ । यसको लागि हामीले सहकारीकोे अनुगमन गर्ने, वडालाई जानकारी गराई खबरदारी गर्ने कार्य गरिरहेका छौँ ।’
ललितपुर महानगरपालिका मातहतमा हाल ३३० ओटा सहकारी संस्था रहेका छन् । जसमध्ये ९१ ओटा सहकारी संस्था साधारणसभा गर्न बाँकी रहेका छन् । यसमा पनि कतिपय सहकारी विभिन्न मुद्धामा फसेर अदालतमा विचाराधिन अवस्थामा रहेका पनि छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij