
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको सद्भावना दूतमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही र कलाकार घिरेन शाक्यलाई नियुक्त गरिएको छ । सञ्जल मेमोरियल फाउन्डेसनको कार्यसमिति बैठकले प्रतियोगितालाई सरल बनाउन शाही र शाक्यलाई प्रतियोगिताको सद्भावना दूत नियुक्त गरेको हो ।
यस फाउन्डेसनको आयोजनामा पाल्पाको तानसेनास्थित रानीमहलमा चैत २४, २५ र २६ गते राष्ट्रिय महिलाबिच भलिबल आयोजना हुन लागेको छ ।
साथै, यस प्रतियोगिताको सफल आयोजना र सञ्चालनका लागि पूर्वगर्भनर चिरञ्जीवी नेपालको संरक्षकत्वमा २३ सदस्यी मूल आयोजक समिति गठन गरिएको छ ।
।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij