
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडाैँ । नेपाली बजारमा आज फेरि सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पुनः ५०० रुपैयाँले बढ्दै ९९ हजार ८०० रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज ५०० रुपैयाँले नै बढ्दै प्रतितोला ९९ हजार ३०० रुपैयाँमा पुगेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढ्दै आज एक हजार ३९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij