Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड 

दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको छ : प्रचण्ड 


  • काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आउने निर्वाचनमा माओवादीलाई परास्त गर्ने र कतिपय साम्राज्यवादी देशमा जस्तै नेपालमा पनि दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । 

    images
    images
    images

    काठमाडौंमा आज आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले दुई पार्टी सिस्टम लागू गर्न देशी विदेशी प्रतिक्रियावादी लागिपरेको बताएका हुन्  । उनले भने ‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ । दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने र अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ’ । 

    अध्यक्ष प्रचण्डले भने, ‘आउनेवाला निर्वाचन चाहे त्यो स्थानीय वा प्रदेश र संघको होस् त्यो सबै हाम्रा लागि सामान्य औपचारिक निर्वाचनमात्रै रहेको छैन । हाम्रो लागि यो लाइफ एण्ड डेथ –जीवन मरणको लडाइँ भएर आउँदैछ ।’

     



    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij