Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

वैचारिक प्रशिक्षणलाई तीव्रता दिदै माओवादी 

वैचारिक प्रशिक्षणलाई तीव्रता दिदै माओवादी 

  • काठमाडौं । नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ । चुनावको मिति नजिकिँदै गर्दा माओवादी केन्द्रले बागमती, प्रदेश १, कर्णाली र  सुदूरपश्चिममा प्रशिक्षण दिइसकेको जनाएको छ । 

    images
    images
    images

    यस्तै चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको माओवादी केन्द्रले आज काठमाडौंमा प्रशिक्षणात्मक कार्यक्रम तय गरिएको जनाइएको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि  प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरेको हो । सो क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने बताइएको छ । 

    कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij