
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाली बजारमा केही दिन यता सुनको मूल्यमा गिरावट आएको छ । मगलबार सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएको थियो । आज तोलामा १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij